चालू वर्षको नौ महिनामा ग्लोबल आईएमई बैंकको नाफा ४ अर्ब ५३ करोड
जलसरोकार
काठमाडौं: चालू वर्षको नौ महिनामा ग्लोबल आईएमई बैंकको नाफा ३७ प्रतिशतले वृद्धि भएको छ ।
उक्त बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार साउनदेखि चैत मसान्तसम्म बैंकको ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा भएको हो । अघिल्लो वर्षको उक्त अवधिमा यस्तो नाफा ३ अर्ब ३० करोड रुपैयाँ थियो ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले १२.२० रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले १५.८६ रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी सामान्य घटे पनि लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) घट्दा नाफामा उल्लेख्य योगदान पुगेको देखिन्छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ प्रतिशत घटेको छ । पहिले लोन प्रोभिजन ५ अर्ब २६ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ११ करोडमा झरेको छ । यहीं कारण नाफा बढेको देखिन्छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड रुपैयाँ छ ।
बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.७४ बाट बढेर ४.९८ प्रतिशत पुगेको छ । प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ रहेको छ भने बजार मूल्य २२३ रुपैयाँ छ । आधार दर पहिले ८.८४ प्रतिशत रहेकोमा अहिले ६.३८ प्रतिशत छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो