निजी क्षेत्र राष्ट्र निर्माणको ‘आर्थिक इन्जिन’ हो : राष्ट्रपति पौडेल
जलसरोकार
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायका रूपमा नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको ‘आर्थिक इन्जिन’ का रूपमा हेर्नुपर्ने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्स को हीरक जयन्ती (७५ औँ वर्ष) को अवसरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र सबल भए मात्र मुलुकको अर्थतन्त्र सबल हुने धारणा व्यक्त गरे ।
उनले निजी क्षेत्रले नेपालको आर्थिक विकास, उद्योग–व्यवसाय प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण र उद्यमशीलता विकासमा पुर्याएको योगदानको प्रशंसा गरे । साथै, सरकार, निजी क्षेत्र, कूटनीतिक नियोग तथा विकास साझेदारबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए ।
राष्ट्रपतिले कोभिड महामारी, आपूर्ति शृङ्खलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा चुनौती देखिएको उल्लेख गर्दै यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको समन्वय अझ महत्वपूर्ण हुने बताए ।
उनले राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै स्पष्ट नीति, दीर्घकालीन रणनीति र स्थिर सरकारले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जना गर्न सक्ने धारणा राखे ।
युवा पुस्तालाई लक्षित गर्दै राष्ट्रपति पौडेलले ‘ब्रेन ड्रेन’ रोक्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उद्यमशीलता, प्रविधि र सृजनशीलतामार्फत युवालाई आर्थिक गतिविधिमा जोड्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
उनले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा ध्यान दिन आह्वान गर्दै परम्परागत सोचभन्दा बाहिर निस्केर नवप्रवर्तन र आधुनिक प्रविधिमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए ।
राष्ट्रपतिले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गरी विकास प्रक्रियालाई गति दिनुपर्ने र निजी क्षेत्रलाई विकास अभियानको साझेदारका रूपमा अघि बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गारए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नयाँभन्दा पुराना आयोजना पूरा गर्ने मेरो लक्ष्य : मन्त्री श्रेष्ठ
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम पनि घट्दै ८ अर्ब ९९ करोडमा सीमित
-
इन्धन संकट टार्ने उपाय: कला र नीति
-
आगामी बजेटबारे चार्टर्ड एकाउन्टेन्ट्स संघको प्रि–बजेट छलफल
-
निजी क्षेत्र राष्ट्र निर्माणको ‘आर्थिक इन्जिन’ हो : राष्ट्रपति पौडेल
-
शुक्रबार सुनकाे मूल्य तोलामा २ हजार २०० र चाँदी ८५ रुपैयाँले महँगियो