जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान छ, संकुचित हुनेगरी विधेयक ल्याउनु हुँदैन : गगन
जलसरोकार
काठमाडौं,: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जलविद्युतमा निजी क्षेत्रलाई संकुचित गर्नेगरी विद्युत् विधेयक ल्याउन नहुने बताएका छन् । उनले निजी क्षेत्रलाई थप संकुचित बनाएर विद्युत् क्षेत्रको विकास हुन नसक्ने बताए ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० माथि संशोधन प्रस्ताव पेस गर्दै महामन्त्री थापाले जलविद्युत् क्षेत्रको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकोले निजी क्षेत्रको लगानी संकुचित बनाउने दृष्टिकोणले विद्युत् विधेयक ल्याउन नहुने जिकिर गरे ।
जलविद्युतको क्षेत्रमा विगत ३० वर्षको अवधिमा धेरै तीतो र सुखद् क्षणहरू देखिएको बताउँदै जलविद्युतमा निजी क्षेत्रको लगानी वृद्धि गर्नको लागि निजी क्षेत्रमैत्री कानुन बन्नुपर्नेमा जोड दिए ।
सांसद थापाले जलविद्युत् क्षेत्रमा भएका विकृतिहरूप्रति कठोर बन्नुपर्ने बताए । ‘जलविद्युत् क्षेत्रमा भएका विकृतिहरूप्रति कठोर हुनुपर्छ तर, कानुनका हरफहरूले यस्तो नगरोस्,’ उनले भने, ‘सरकारले नियमन गर्न नसकेका कतिपय कुराहरूलाई नियमनतिर ध्यान दिनेभन्दा पनि समग्रमा निचोर्नेतर्फ गयौं भने हामीले परिणाम ठिक दिन सक्दैनौं ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स