लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रको सरकारसँग माग
जलसरोकार
काठमाडौं : मुलुकको निजी क्षेत्रले लगानीमैत्री वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल वाणिज्य सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै निजी क्षेत्रको सुरक्षा, प्रवर्द्धन र विश्वास अभिवृद्धिका लागि ठोस पहल गर्न सरकारलाई अनुरोध गरेका हुन्।
नयाँ सरकार गठनसँगै आर्थिक स्थायित्व र लगानी वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गर्दै ती संस्थाहरूले देशको आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताएका छन्। उनीहरूले निजी क्षेत्रलाई हतोत्साही बनाउने गतिविधि रोक्नुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमा लगानीकर्ताको मनोबल घटाउने खालका गतिविधिले राजस्व संकलन, रोजगारी सिर्जना, आपूर्ति प्रणाली तथा पूर्वाधार विकासमा प्रत्यक्ष असर पार्ने उल्लेख गरिएको छ। साथै यस्ता प्रवृत्तिले बैंकिङ क्षेत्रसहित समग्र आर्थिक प्रणालीलाई समेत जोखिमतर्फ धकेल्न सक्ने चेतावनी दिइएको छ।
निजी क्षेत्रले स्थिर नीति, पारदर्शी प्रशासन र लगानीमैत्री वातावरण निर्माणमार्फत आर्थिक गतिविधि सुदृढ पार्न सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य