पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी
जलसरोकार
धादिङ, ३ चैत – पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन खण्ड विस्तारको काममा सडक छेउमा रहेका बिजुली पोल मुख्य बाधक बनेका छन्। नेपाल विद्युत् प्राधिकरणले पोल सार्न ढिलाइ गर्दा सडक विस्तारको काम प्रभावित भएको छ।
विशेषगरी पूर्वी खण्डका नौबिसे–धार्के, बन्छेटार, जरेखेत, बेल्खु, घाटबेँसी, पोखरेखोला र गजुरी बजार आसपासको काम द्रुतगतिमा अघि बढ्न सकेको छैन। आयोजनाका पूर्वी खण्डका इन्जिनियर केशवराज ओझाका अनुसार कतै पोलको चारैतिर कालोपत्र गरिएको छ भने कतै ग्राभेल बिछ्याएरै काम अधुरो छाडिएको छ। यसले दुर्घटनाको जोखिम समेत बढाएको छ।
सडक विभाग र नेपाल विद्युत् प्राधिकरणबीच पोल सार्ने खर्च आयोजनाले व्यहोर्ने सम्झौता भए पनि कार्यान्वयन पक्ष ढिला भएको छ। करिब ५०० पोलमध्ये हाल करिब १०० पोल मात्रै बाँकी भए तापनि ती पोलका कारण काम प्रभावित भएको ओझाले बताएका छन्।
नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेशका इन्जिनियर शेरबहादुर सुनारले भने, “काम भइरहेको छ, व्यावहारिक कठिनाइ हो। ठेकेदारसँग बुझेर मात्र थप कुरा भन्न सकिन्छ।”
काम गर्ने निकायहरूबीचको समन्वय अभाव र ठेकेदारको ढिलाइले राष्ट्रिय गौरवको आयोजना र संवेदनशील राजमार्ग क्षेत्रमा विकासमा अवरोध ल्याएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै
-
राष्ट्र बैंकले ३० अर्बको निक्षेप संकलन गर्दै
-
भोटेकोशी बाढी : क्षतिग्रस्त जलविद्युत्का ८५८ कर्मचारी अझै बेपत्ता, १७ शव फेला
-
भोटेकोशी बाढी : बेपत्ता र मृतक जलविद्युत् कर्मचारीका परिवारलाई पाँच लाख, ५० प्रतिशत निर्वाह भत्ता