प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छ : अध्यक्ष ढकाल
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन्ब ।
प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे न्यूज एजेन्सी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
भ्रमण दलका सदस्य समेत रहेका अध्यक्ष ढकालले भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावित क्षेत्र, विद्यमान कानून, निजी क्षेत्रले लिने पहल लगायतका बारेमा चिनियाँ व्यवसायीहरुलाई जानकारी गराउने राम्रो अवसर मिलेको बताए ।
उनले परम्परागत कानुन परिमार्जन, वैदेशिक लगानी सहजीकरणका बारेमा पनि दुई पक्षबीच राम्रो छलफल भएको जानकारी दिए ।
क्रेडिट रेटिङ हुनु आफैमा राम्रो भएको भन्दै त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको उनको दाबी थियाे । अध्यक्ष ढकालले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि छलफल गरेको बताए ।
उनले भने, ‘भ्रमणका क्रममा निजी क्षेत्रले लगानीको सम्भावनाको क्षेत्र, विद्यामान कानुन र निजी क्षेत्रले लिने पहल कदमीका बारेमा चीनका व्यवसायीलाई जानकारी गराउने राम्रो अवसर रह्यो । क्रेडिट रेटिङ हुनु आफैमा राम्रो हो र त्यसमा पनि सुधारोन्मुख हुनुले नेपालमा लगानीको लागि उपयुक्त अवसरको सन्देश प्रवाह भएको छ । पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका प्रमुख शहरबाट सिधा उडानका लागि पनि हामीले आग्रह गरेका छौँ ।’
अध्यक्ष ढकालले सन् २०२५ लाई चीनले नेपाल भ्रमण वर्ष घोषणा गर्नु पर्यटनका लागि सुखद रहेको बताए ।
उनले सडक, हवाई,रेल र सञ्चार सञ्जालको विकासबाट जोडिनुपर्ने कुरा प्राथामिकताका साथ राखेको जानकारी दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयलाई शेयर दिने
-
जलविद्युत क्षेत्रमा नेपाल लगानीमैत्री बन्दै, १० प्रतिशत मात्र सम्भावना उपयोग : पूर्वसचिव भेटुवाल
-
बर्दिया-कैलाली जोड्ने दौलतपुरघाट पुलको मन्त्री घिसिङबाट शिलान्यास
-
अपर त्रिशूली -१ जलविद्युत् आयोजना: नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानीको ऊर्जा परियोजना
-
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदनको ट्र्याक गर्न सक्ने
-
सेयर बजार सामान्य सुधार, नेप्से ५.७० अंकले बढ्यो