जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह जलविद्युतको प्रचुर सम्भावना छ यसमा लगानी गर्नुहोस्

जलसरोकार
आइतबार, वैशाख १६, २०८१ | १३:०६:०२ बजे

 

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र हालसम्म ३ हजार मेगावाटमात्रै उत्पादन भएको भन्दै विदेशी लगानीकर्तालाई लगानीको लागि आग्रह गरेका छन् । नेपालको ऊर्जा क्षेत्रमा प्रचुर सम्भावना रहेको हुँदा यसमा विदेशी लगानीकर्ताले निर्धक्क लगानी गर्न आग्रह गरेका छन् । 
जलविद्युत् उत्पादनको प्रचुर सम्भावनाले नवीकरणीय र स्वच्छ ऊर्जा आपूर्ति व्यवस्था सरकारले गर्ने हुँदा लगानी गर्न आग्रह गरेका हुन्। 
‘ नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि हालसम्म ३ हजार २०० मेगावाट मात्रै उत्पादन भएको छ । करिब ५ हजार ५६८ मेगावाटका ठूला आयोजना सार्वजनिक–निजी साझेदारी (पीपीपी) मा निर्माण चरणमा छन् । यसले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने प्रचुर अवसरहरू स्पष्ट रूपमा देखाएको छ’, उनले भने, ‘विद्यमान एवं योजनामा रहेका भारत र चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइनहरूले ऊर्जा आदानप्रदानलाई सहज बनाउँछ । यस क्षेत्रभित्र विद्युत् सहकार्यलाई सहज तुल्याउन भारतसँग विद्युत् व्यापार सम्झौता, चीनसँग समझदारी र बङ्गलादेशसँग विद्युत् निर्यात समझदारीमा हस्ताक्षर गरेका छौँ ।’

तयारी पोशाक र नेपाली गलैंचा पनि विश्व बजारमा निकासी हुने र गुणस्तरका लागि प्रख्यात, लगानीको प्रचुर सम्भावना भएका प्रमुख उत्पादन रहेको यसतर्फ पनि लगानीको प्रचुर सम्भावना भएको दाहालले बताए। दुई विशेष आर्थिक क्षेत्रहरूको सञ्चालनसँगै देशभर निर्माणको चरणमा रहेका अन्य आर्थिक क्षेत्रले देशको आर्थिक वृद्धि र औद्योगिक विकासलाई बढावा दिने हाम्रो प्रतिबद्धतामा जोड दिएको प्रधानमन्त्रीको भनाइ छ ।

अन्तर्राष्ट्रिय निजी लगानीको सहज प्रवाहलाई सहज बनाउन उद्योग विभागले ६ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि अनुमोदन गर्छ भने लगानी बोर्ड नेपालले ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी वा २०० मेगावाटभन्दा बढी ऊर्जा आयोजनाहरू व्यवस्थापन गर्ने दाहालले जानकारी दिए । 

प्रकाशित मिति : आइतबार, वैशाख १६, २०८१ | १३:०६:०२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया