पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
जलसरोकार
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले भारतबाट हरेक १५ दिनमा आउने नयाँ मूल्यसूचीका आधारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५/१५ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको जनाएको छ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर २०२ रुपैयाँमा बिक्री हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
निगमका अनुसार मूल्य समायोजन गरेपछि पनि पेट्रोलियम पदार्थमा घाटा कायमै रहेको छ। हाल पेट्रोलमा प्रतिलिटर करिब ३४ रुपैयाँ, डिजेलमा प्रतिलिटर करिब १२० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा भइरहेको निगमले जनाएको छ।
मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रूपमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ। निगमले अन्तर्राष्ट्रिय बजार तथा भारतीय आयल कर्पोरेशनबाट प्राप्त हुने मूल्यसूचीका आधारमा समय–समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य