स्याङजाको सुन्तला र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता
जलसरोकार
स्याङजा : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्ब रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी दिंदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए।
उनले भने, "जिल्ला जिल्लाका व्यावसायी साथीहरु लगानीका लागि अबसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुजीको कुनै समस्या हुँदैन ।"
अध्यक्ष ढकालले भने, "यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ ।यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ ।"
उनले यो डेढ बर्षको अबधिमा लगानी प्रर्वद्धनका लागि देश भित्र र बाहिर आफूहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउदै आफूहरुकै पहलममा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून संशोधन गरेको जानकारी गराए ।
निजी क्षेत्रले उठाउँदै आएको मर्यादाक्रमको बिषय, करसम्बन्धी समस्या लगायतका विषयमा आफूहरु निरन्तर लागिरहेको जानकारी गराए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
मधेशका अधिकांश पुल निर्माण अलपत्र
-
मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
-
नारायणी नदीको सिग्नेचर ब्रिजको निरीक्षण, समयमै निर्माण सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
-
कालीगण्डकी टारलाई बहुउद्देश्य आधुनिक औद्योगिक सहरका रूपमा विकास गर्ने प्रस्तावमा मन्त्री घिसिङको चासो
-
हितेन्द्रदेव शाक्य एमाले होइनन्
-
पूर्व—पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता