ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइनको प्रारम्भिक वातावरणीय अध्ययन अघि बढ्दै
जलसरोकार
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले बागमती प्रदेश अन्तर्गत ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइन आयोजनाका लागि प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदन तयारी प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना अनुसार प्रस्तावित आयोजना २२० केभी चार सर्किट प्रसारण लाइन हो, जसको लम्बाइ ३.६७ किलोमिटर रहनेछ ।
उक्त प्रसारण लाइन धादिङ जिल्लाको धुनिबेँसी नगरपालिका–१ स्थित त्रिशूली 3B हब–मातातीर्थ २२० केभी प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७/२ बाट ट्यापिङ गरी काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–३ मा निर्माण हुने तीनपिप्ले सबस्टेसनमा जोडिनेछ ।
प्रस्तावित सबस्टेसनको क्षमता २२०/१३२/६६/११ केभी रहने जनाइएको छ । आयोजना धादिङ, नुवाकोट र काठमाडौँ जिल्लाका केही क्षेत्रहरूमा प्रभाव पार्न सक्ने भएकाले वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकनका लागि अध्ययन अघि बढाइएको हो ।
यस क्रममा २०८२ माघ २१ गते प्रकाशित सार्वजनिक सूचनाको आधारमा प्रभावित क्षेत्रका स्थानीय तहमा २०८२ माघ २८ र २९ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भइसकेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार आयोजनाले प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली तथा सामाजिक–आर्थिक र सांस्कृतिक पक्षमा पार्न सक्ने प्रभावबारे यकिन गर्न स्थानीय तह, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, सरोकारवाला व्यक्ति तथा संस्थाबाट लिखित राय–सुझाव संकलन गरिनेछ ।
सरोकारवालाहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नेपाल विद्युत प्राधिकरण, दरबारमार्ग, काठमाडौँ वा तोकिएको इमेल ठेगानामार्फत लिखित राय–सुझाव उपलब्ध गराउन सक्ने जनाइएको छ ।
आयोजनाको वातावरणीय अध्ययन परामर्शदाता कम्पनी वापकोस लिमिटेड रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य