लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्ने गरी काम गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले सरकारले राखेको लक्ष्यभन्दा पहिल्यै विद्युत निर्यात गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार तालिम व्यवस्थापन विभाग खरिपाटीमा आयोजित ‘वृक्षरोपण कार्यक्रम’मा बोल्दै उनले सरकारले राखेको लक्ष्य समयअगावै पुरा गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
“१० वर्षमा १० हजार मेगावाट विद्युत भारत निर्यात गर्ने लक्ष्य सरकारले लिएको छ, १० वर्षभन्दा पहिल्यै विद्युत निर्यात गर्नेगरी काम गर्नुहोस्,”– मन्त्री खड्काले भने ।
ऊर्जामन्त्री खड्काले सरकारले २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले लक्ष्य र उदेश्यलाई परिपूर्ती गर्नका लागि उच्च मनोवलका साथ कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिए । पछिल्लो समय नेपालको विद्युत भारतमा निर्यात गर्ने क्षमता बढेको उनको भनाई थियो ।
उनले नेपालको ऊर्जा क्षेत्रमा विभिन्न देशले लगानी गर्न इच्छुक रहे पनि कानूनी झण्झटका कारण लगानी गर्न समस्या भइरहेको भन्दै उक्त अफ्ठयारोलाई फुकाउनका लागि आवश्यक पर्ने ऐन, कानून संशोधनका लागि मन्त्रालयलले काम गर्ने बताए ।
मन्त्री खड्काले विभिन्न देशले ऊर्जा क्षेत्रमा गरेको प्रगतिलाई हेरेर नेपालले समेत आफ्नो देशलाई प्रगतिको पथमा अगाडि बढाउन जरुरी रहेको उल्लेख गरे । उनले दुई ठूला पार्टी मिलेर अहिलेको सरकार बनेकाले यो सरकारलाई अल्मलिने छुट नरहेको उल्लेख गरे ।
उनले जलविद्युत परियोजना निर्माणका क्रममा भइरहेको वातावरणीय प्रभावलाई कम गर्नका लागि वृक्षरोपणजस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले रुख काट्ने मात्र होइन रोप्ने पनि हो भन्ने सन्देश दिन स्थापना दिवसका अवसरमा हरेक वर्ष वृक्षारोपण कार्यक्रम आयोजना गर्दै आएको बताए ।
उनले प्रत्येक वर्ष प्राधिकरणको वार्षिकोत्सवका अवसरमा अतिरिक्त क्रियाकलापअन्तर्गत २०० शाखा तथा उपशाखाबाट वृक्षारोपण गर्दै आएको जानकारी गराए ।
प्राधिकरणका उप–कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जलविद्युत आयोजना निर्माण र प्रसारण लाइन विस्तारका क्रममा प्राधिकरणले सहमति लिएरै रुखहरु काट्ने गरे पनि त्यत्तिकै मात्रामा रुखहरु पनि रोप्दै गएको बताए ।
सोही अवसरमा उर्जामन्त्री खड्का, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतले तालिम व्यवस्थापन विभाग परिसरमा १०१ विभिन्न प्रजातीका विरुवा रोेपेका थिए
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्