सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
जलसरोकार
काठमाडौँ : सुन बजारले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य रु २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य रु ४ सयले बढेको हो । मंगलबार प्रतितोला रु २ लाख ४८ हजार ५ सय मा कारोबार भएको थियो ।
गत शुक्रबारदेखि लगातार सुनको मूल्य वृद्धि हुँदै आएको छ । गत शुक्रबार सुन प्रतितोला रु २ लाख ३५ हजार मा कारोबार भएको थियो । यसरी केही दिनमै सुनको मूल्यमा १३ हजार ९ सय रुपैयाँसम्मको वृद्धि भएको देखिएको छ ।
चाँदीको मूल्य भने आज घटेको छ । अघिल्लो दिन प्रतितोला रु ३ हजार ३२५ मा कारोबार भएको चाँदी आज ८५ रुपैयाँले घटेर रु ३ हजार २४० मा झरेको महासंघले जनाएको छ ।
महासंघका अनुसार पछिल्लो समयमा विश्व बजारमा सुनको माग तीव्र रूपमा बढ्दै गएकाले मूल्य निरन्तर बढेको हो । विश्वभरका ठूला लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानीका रूपमा हेर्दै आएका छन् ।
नेपाल र भारतमा दिपावली पर्व नजिकिँदै जाँदा खुद्रा माग बढेको, साथै विश्वका केन्द्रीय बैंकहरूले सुनको भण्डारण (न्यमि च्भकभचखभ) बढाइरहेका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उक्लिएको व्यवसायीहरूले बताएका छन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली