सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
जलसरोकार
काठमाडौँ : सुन बजारले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य रु २ लाख ४८ हजार ९ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य रु ४ सयले बढेको हो । मंगलबार प्रतितोला रु २ लाख ४८ हजार ५ सय मा कारोबार भएको थियो ।
गत शुक्रबारदेखि लगातार सुनको मूल्य वृद्धि हुँदै आएको छ । गत शुक्रबार सुन प्रतितोला रु २ लाख ३५ हजार मा कारोबार भएको थियो । यसरी केही दिनमै सुनको मूल्यमा १३ हजार ९ सय रुपैयाँसम्मको वृद्धि भएको देखिएको छ ।
चाँदीको मूल्य भने आज घटेको छ । अघिल्लो दिन प्रतितोला रु ३ हजार ३२५ मा कारोबार भएको चाँदी आज ८५ रुपैयाँले घटेर रु ३ हजार २४० मा झरेको महासंघले जनाएको छ ।
महासंघका अनुसार पछिल्लो समयमा विश्व बजारमा सुनको माग तीव्र रूपमा बढ्दै गएकाले मूल्य निरन्तर बढेको हो । विश्वभरका ठूला लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानीका रूपमा हेर्दै आएका छन् ।
नेपाल र भारतमा दिपावली पर्व नजिकिँदै जाँदा खुद्रा माग बढेको, साथै विश्वका केन्द्रीय बैंकहरूले सुनको भण्डारण (न्यमि च्भकभचखभ) बढाइरहेका कारण पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उक्लिएको व्यवसायीहरूले बताएका छन ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य