राजनीतिक प्रतिबद्धताले निजी क्षेत्रको आत्मविश्वास बढ्ने : अध्यक्ष ढकाल
जलसरोकार
काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट प्रतिबद्धता र आश्वासनले निजी क्षेत्रको खस्किएको आत्मविश्वास पुनस्र्थापित हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौँमा आयोजना गरेको निजी क्षेत्रसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रको लगानी र व्यावसायिक सक्रियता बढाउन राज्य तथा राजनीतिक दलहरूको सहयोग अपरिहार्य रहेको बताए ।
उनले रोजगारी सिर्जना, राजश्व वृद्धि र मुलुकको समग्र पूर्वाधार विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै नेतृत्वबाट आएको सकारात्मक सन्देशले उद्योगी–व्यवसायीमा नयाँ उत्साह ल्याउने धारणा राखे। परम्परागत शैलीमा चलिरहेका केही पद्धतिमा सुधारको क्रममा देखिएको अन्योलबीच पनि निजी क्षेत्रलाई सहयोग गर्ने र वाचापत्रअनुसार अघि बढ्ने राजनीतिक प्रतिबद्धता सराहनीय रहेको उनको भनाइ थियो ।
अध्यक्ष ढकालले भने, “पछिल्लो समय निजी क्षेत्रको आत्मविश्वास केही कमजोर भएको अवस्थामा राजनीतिक नेतृत्वबाट प्राप्त स्पष्ट धारणाले सकारात्मक सन्देश दिएको छ । यसले आगामी दिनमा थप लगानी भित्र्याउन, व्यावसायिक क्रियाकलाप विस्तार गर्न र समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्त गर्न सहयोग पुग्नेछ ।”
उनले पार्टी नेतृत्वको स्पष्ट मार्गदर्शन र सहयोगको आश्वासनले निजी क्षेत्रको मनोबल बढ्ने र त्यसले देशको आर्थिक विकासमा ठोस योगदान पुर्याउने विश्वास व्यक्त गरे। निजी क्षेत्र र राज्यबीचको सहकार्यबिना आर्थिक समृद्धि सम्भव नहुनेमा पनि उनले जोड दिएका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?