विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौं, आफै आफै उठाएर ठूला आयोजना बनाऔं : प्रधानमन्त्री
’तपाईहरु लगानी गर्नुस्, अरुलाई ल्याएर खोला दिनुपर्दैन’
जलसरोकार
काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २५ औं वार्षिकोत्सव ’इप्पान रजतजयन्ती, २०८१’ को अवसरमा उनले ठूला ठूला आयोजनाहरुमा लगानी गर्न आग्रह गरे ।
’तपाईहरु लगानी गर्नुस् । अरुलाई ल्याउँदै खोला दिँदै गरिरहनुपर्दैन,’ उनले भने, ’अप्पर अरुण अरुले पैसा नदिने भएर समस्या भएको हो । आफै आफै उठाउ न । ठूलो कुरा मानिसहरुको सहभागिता हो । ठूला ठूला आयोजना विदेशी सहायताले चलेका छैनन् ।’
उनले ऊर्जा उत्पादक निजी क्षेत्रलाई देशका लागि केहि गरेको भन्दै आभार व्यक्त गरे । ’देशलाई विकासको बाटोमा लैजाने कुरामा खर्च गर्नु भएको छ । यो राष्ट्रिय भावनालाई सम्मान छ । कति मान्छेले हुन्डि गरेर पैसा बाहिर पु¥याउन खोजेका हुन्छन् । तपाईहरुले यहि लगानी गरेर देशको विकास गर्न खोज्नु भयो । ग¥यो भने हुन्छ भन्ने सफलताका कथाहरु भनिरहनु भएको छ,’ उनले भने, ’९५ प्रतिशत माथि विद्युतीकरण भइसकेको छ । ग्रीन हाइड्रोजनमा अध्ययन भइरहेको छ । हामी काम गर्न सक्छौ ।’
उनका अनुसार ऊर्जा बिक्रीको जुन चिन्ता छ, त्यो चिन्ता गर्न पर्ने विषय होइन् । ’ऊर्जाले खपतका ठाउँहरु आफै बनाउँछ ।धौ वादीबाट फलाम खानी उत्खनन हुँदैछ । त्यहाँबाट उत्खनन गरेर फलाम बनाउने हो । ऊर्जा नभए कुटोले उत्खनन गर्न सकिदैन्,’ उनले भने, ’मल उद्योग खोल्नुछ । अरु उद्योगहरु ब्युताउनुपर्नेछ । विभिन्न मोडल अपनाएर चला उनुपर्नेछ । त्यसका लागि ऊर्जा चाहिन्छ ।’
प्रधानमन्त्री ओलीले जनकपुर चुरोट कारखाना कसले खायो? भन्दै प्रश्न गरे । ’ ५०० कर्मचारीले ले काम हुने ठाउँमा २७०० कर्मचारी भयो । ६ महिनामा सरकार परिवर्तन हुने भयो । सबै मन्त्रीले आफ्ना मान्छे जागिरमा लगाउने भए । ओभर स्टाफिङका कारणक उद्योग नै समाप्त भयो । कारण अरु पनि छन्,’ उनले भने,’प्राकृतिक रुपले सम्पन्न छौं । विकास चाहिन्छ वातावरण चाहिन्छ । इकोसिस्टम कायम राख्नु छ। संगसंगै विकास पनि गर्नुछ । ’
उनले मान्छे पस्न नपाउने वन के काम ? भन्दै प्रश्न गरे । ’नीतिहरु काम गर्नका लागि हुन रोक्नका लागि होइन् । ऊर्जामा रहेका समाधान गर्न सरकार तत्पर छ ,’ उनले भने, ’नागरिकको लगानी डुबे डुबोस भन्ने हुँदैन ।’
प्रधानमन्त्री ओलीका अनुसार नेपालमा अहिले साढे ३ सय बाघ छन् । ’अब पनि डबल गर्ने ?,’उनले भने, ’ अमेरिका गएका केटाकेटीको पछि लाग्ने ?, बाघ घटाउनुपर्छ । बाघको सुरक्षा गर्ने तर मान्छेको नगर्ने भन्ने हुँदैन ।’
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स
-
त्रिशूलीको अति भीषण बाढी २०२६ निम्त्याउने प्रलयकारी हिमपहिरो