काँकडभिट्टाबाट रु २४ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
जलसरोकार
झापा : काँकडभिट्टा नाकामार्फत गत आर्थिक वर्ष २०८२/८३ मा रु २४ अर्ब ५० करोड ६७ लाख ४४ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
काँकडभिट्टा भन्सार कार्यालयका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल र लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी) गरी तीन प्रकारका पेट्रोलियम पदार्थ आयात भएका हुन्। कुल आयातमध्ये पेट्रोल रु १२ अर्ब १८ करोड सात लाख ६४ हजार बराबरको आयात भएको छ। त्यसैगरी, डिजेल रु नौ अर्ब ५५ करोड ४९ लाख सात हजार तथा एलपिजी रु दुई अर्ब ७७ करोड १० लाख ७३ हजार बराबरको आयात भएको कार्यालयले जनाएको छ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने पेट्रोल रु आठ अर्ब ९२ करोड ८५ लाख २६ हजार र डिजेल रु सात अर्ब तीन करोड ३२ लाख १९ हजार बराबरको आयात भएको थियो। यस तथ्याङ्कले काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थको आयातमा उल्लेख्य वृद्धि भएको देखाएको छ।
कार्यालय प्रमुख शिवलाल न्यौपानेका अनुसार पेट्रोलियम पदार्थ आयातबाट सरकारले उल्लेखनीय राजस्वसमेत सङ्कलन गरेको छ। गत आर्थिक वर्षमा पेट्रोलबाट रु पाँच अर्ब ८५ करोड ३७ लाख ५० हजार तथा डिजेलबाट रु दुई अर्ब ९३ करोड २२ लाख ३९ हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए।
पेट्रोलियम पदार्थको बढ्दो आयातसँगै काँकडभिट्टा नाका पूर्वी नेपालको प्रमुख इन्धन आपूर्ति केन्द्रका रूपमा थप महत्वपूर्ण बन्दै गएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना