पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैँया
जलसरोकार
काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो ।
निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु १७ र डिजेल र मट्टितेलमा प्रतिलिटर रु २५–२५ का दरले मूल्यवृद्धि गरेको हो ।
यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक सयका दरले वृद्धि गरिएको छ । निगमका अनुसार हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु छ का दरले वृद्धि गरिएको छ ।
नयाँ मूल्यसूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु दुई सय १९ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेल प्रतिलिटर रु दुई सय सात पुगेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार १० पुगेको छ । त्यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर रु दुई सय ५७ कायम गरिएको छ ।
सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा नाममा उठाइँदै आएको शुल्कमा ५० प्रतिशत छुट दिए पनि घाटा कम नभएपछि मूल्य बढाउनुपरेको दाबी गरेको छ । आजको मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक रूपमा करिब रु सात अर्ब ८१ करोड घाटा हुने निगमको दाबी छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा २० अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात, कात्तिकमा ४ अर्बभन्दा बढीको कारोबार
-
सुन तोलामा २ हजार महँगिदा चाँदी कति ?
-
चमेराको बास जोगाउन तनहुँ जलविद्युत् आयोजनाले बनाउँदै तीन वैकल्पिक आवास
-
हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
-
बिजुली अभाव टार्न प्राधिकरणले आयातको टेण्डर निकाल्यो, यता मन्त्री भने खपत बढाउन निर्देशन दिँदै
-
पुरानो बानेश्वर र आसपासका क्षेत्रमा चार दिन विद्युत् कटौती हुने