पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा रु. ३ र डिजेलमा रु. ५ वृद्धि
जलसरोकार
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।
निगमका अनुसार खुद्रा बिक्री मूल्यतर्फ पेट्रोलमा प्रतिलिटर रु. ३ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु. ५ ले वृद्धि गरिएको छ। मूल्य समायोजनपछि वर्गअनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु. १९७.५० देखि रु. २०० तथा डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर रु. १९७.५० देखि रु. २०० कायम भएको छ।
त्यसैगरी, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु. २० ले बढाएर रु. २४९ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।
पोखरा र भैरहवाका लागि अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य भने ‘ब्रेकइभेन पोइन्ट’ मा कायम गरिएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिग्यास सिलिन्डर रु. २,०६० मा यथावत् राखिएको निगमले जनाएको छ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा उल्लेख्य वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै सीमित मात्र मूल्य समायोजन गरिएको हो।
नयाँ मूल्य समायोजनपछि पनि निगमलाई प्रत्येक १५ दिनमा करिब रु. १ अर्ब ४९ करोड घाटा हुने अनुमान गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना