भारतलाई थप ८० मेगावाट विद्युत निर्यातको अनुमति, कुल निर्यात क्षमता ११३०.९ मेगावाट
जलसरोकार
काठमाडौं : भारत सरकारले थप ८० मेगावाट विद्युत् खरिद गर्ने अनुमति दिएपछि नेपालबाट निर्यात हुने कुल विद्युत् परिमाण ११३०.९ मेगावाट पुगेको छ ।
हालसम्म भारतले १०९०.९ मेगावाट विद्युत् आयात गर्ने स्वीकृति दिएको छ भने भारतमार्फत ४० मेगावाट बंगलादेशलाई निर्यात भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार हालै स्वीकृति पाएका ८० मेगावाटमध्ये ४८.५ मेगावाट मेवा खोला र ३१.०४ मेगावाट करुवा सेती जलविद्युत् आयोजनाबाट उत्पादन हुनेछन् ।
यो अनुमति मध्यम अवधिका लागि दिइएको प्राधिकरणले जनाएको छ । समझौताअनुसार २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म नेपालले भारतलाई विद्युत आपूर्ति गर्न पाउनेछ ।
गत साउन २६ मा मात्र भारतले नेपाललाई २०० मेगावाट थप विद्युत निर्यात गर्ने अनुमति दिएको थियो । पछिल्लो स्वीकृतिसँगै नेपाल विद्युत् निर्यात क्षमतामा निरन्तर वृद्धि हुँदै गएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य