उर्जामन्त्री खड्का र सचिव आचार्यबीच कार्यसम्पादन सम्झौता
जलसरोकार
काठमाडौँ, : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र ऊर्जा सचिव सुरेश आचार्यबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी बनाउन आज ऊर्जा मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता भएको हो ।
सम्झौता कार्यक्रममा ऊर्जामन्त्री खड्काले केही आयोजना ढिलो निर्माण हुँदा राज्यले ठूलो नोक्सानी व्यहोर्नु परिरहेकाले समयमै आयोजना सम्पन्न गर्न सबै आयोजना प्रमुखले पहल गर्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने विषय आम जनतामाझ बुझाउन जरुरी रहेको उल्लेख गरे ।
“केही व्यक्तिमात्र सक्षम भएर मुलुकको विकास हुँदैन, तल्लो तहका मानिसलाई धनी हुनेगरी कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ,” मन्त्री खड्काले भने, ।
ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले देश विकासका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको महत्त्वपूर्ण भूमिका भएकाले इमानदार भएर काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले विपद्को सामना गरिरहेको मुलुकलाई समृद्ध बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए ।
मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा क्षेत्रको विकासका लागि तत्काल र दीर्घकालीन योजनालाई बुँदागत रुपमा कार्यान्वयनमा लैैजानुपर्ने बताए । सम्झौतामा ऊर्जा क्षेत्रको विकासका लागि बाधक ऐन कानूनलाई समयानुकुल परिमार्जन गर्दै आयोजनालाई समयमै सम्पन्न गर्ने विषय समावेश गरिएको सचिव आचार्यले जानकारी दिए ।,
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चोभार सबस्टेसनले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति सुधार्ने अपेक्षा
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्