पर्वत पैयु खोला हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने
जलसरोकार
काठमाडौं– पर्वत पैयु खोला हाइड्रो पावरले प्राथमिक सेयर (आइपीओ) निष्काशन प्रस्ताव सहित पर्वत पैयु खोला हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ १० गते बसेको सञ्चालक समितीले विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको विशेष साधारणसभा २०८१ साल असार ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय टोखा, काठमाण्डौमा विहान १० बजेदेखि सुरु हुनेछ ।
विशेष साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्काशन गर्ने र अन्य कार्यहरुका लागि सञ्चालक समितीलाई अख्तियारी दिने प्रस्ताव सहित विभिन्न प्रस्तावहरु पारित गर्नेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता-कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
-
अब पीपीएका लागि नेपाल विद्युत् प्राधिकरण नचाहिने
-
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा सुदीप आचार्य चयन
-
अर्धवार्षिक समीक्षामा सरकारको आम्दानी र खर्च दुवै कमजोर
-
समयमै रमाना नलिने कर्मचारीलाई विभागीय कारबाही गर्ने विद्युत् प्राधिकरणको चेतावनी
-
जलपन्छीको वासस्थान जोखिममा