पर्वत पैयु खोला हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने
जलसरोकार
काठमाडौं– पर्वत पैयु खोला हाइड्रो पावरले प्राथमिक सेयर (आइपीओ) निष्काशन प्रस्ताव सहित पर्वत पैयु खोला हाईड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ १० गते बसेको सञ्चालक समितीले विशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।
सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको विशेष साधारणसभा २०८१ साल असार ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय टोखा, काठमाण्डौमा विहान १० बजेदेखि सुरु हुनेछ ।
विशेष साधारणसभाले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) निष्काशन गर्ने र अन्य कार्यहरुका लागि सञ्चालक समितीलाई अख्तियारी दिने प्रस्ताव सहित विभिन्न प्रस्तावहरु पारित गर्नेछ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना