१२ प्रतिशतले बढ्यो माण्डु हाइड्रोको नाफा
जलसरोकार
काठमाडौं – माण्डु हाइड्रोपावरको नाफा १२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा खुद नाफा २२ करोड १५ लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षको यसै अवधिमा १९ करोड ७२ लाख थियो । कम्पनीले विद्युत् बिक्रीबाट चालु आवको तेस्रो त्रैमाससम्म ५८ करोड २० लाख आम्दानी गरेको छ ।
पहिले यस्तो आम्दानी ५९ करोड ८५ लाख रुपैयाँ थियो । बिक्री आम्दानीमा आएको कमीका बाबजुत वित्तीय लागत र संचालन खर्चमा आएको कमीले नाफामा सुधार देखिएको हो ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा छ भने मूल्य आम्दानी अनुपात ३५.५ गुणा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ८२७ रुपैयाँ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण थालियो
-
भन्सार एजेन्ट र विभागबीच सहमति
-
नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न सिँचाइ व्यवस्थापन कम्पनी
-
यस्तो रहने छ आजको मौसम
-
ट्रंक तथा डेडिकेटेडको बक्यौता नउठाउन हितेन्द्रदेव शाक्यको पक्षमा सरकारलाई परमादेश
-
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता, महाकाली सिँचाइ र प्रसारण लाइन विस्तारमा छलफल