१२ प्रतिशतले बढ्यो माण्डु हाइड्रोको नाफा
जलसरोकार
काठमाडौं – माण्डु हाइड्रोपावरको नाफा १२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस अवधिमा खुद नाफा २२ करोड १५ लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षको यसै अवधिमा १९ करोड ७२ लाख थियो । कम्पनीले विद्युत् बिक्रीबाट चालु आवको तेस्रो त्रैमाससम्म ५८ करोड २० लाख आम्दानी गरेको छ ।
पहिले यस्तो आम्दानी ५९ करोड ८५ लाख रुपैयाँ थियो । बिक्री आम्दानीमा आएको कमीका बाबजुत वित्तीय लागत र संचालन खर्चमा आएको कमीले नाफामा सुधार देखिएको हो ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६६ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा छ भने मूल्य आम्दानी अनुपात ३५.५ गुणा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ८२७ रुपैयाँ छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना