पाकिस्तानी दूतावासद्वारा ‘मार्का-ए-हक दिवस’ मनाइयो
जलसरोकार
काठमाडौं : पाकिस्तानी दूतावासले शनिबार ‘मार्का–ए–हक दिवस’ राष्ट्रिय गौरव र सम्मानका साथ मनाएको छ।
काठमाडौंस्थित पाकिस्तानी दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाश्मीले राष्ट्रिय झण्डोत्तोलन गरेका थिए। कार्यक्रममा दूतावासका अधिकारीहरू, नेपालस्थित पाकिस्तानी समुदाय, उनीहरूका परिवार तथा पाकिस्तानका शुभेच्छुकहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ।
सो अवसरमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ तथा उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इशाक दारका सन्देशहरू वाचन गरिएको थियो।
राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा ‘मार्का–ए–हक’ ले पाकिस्तानको प्रतिरोध क्षमता केवल नारामा सीमित नभई व्यावसायिक क्षमता, तीनवटै सुरक्षा निकायबीचको समन्वय तथा जनताको दृढ संकल्पमा आधारित रहेको विश्वलाई देखाएको बताएका थिए। उनले देशको सार्वभौमसत्ता रक्षाका लागि ज्यान अर्पण गर्ने शहीदप्रति सम्मान व्यक्त गरेका थिए।
प्रधानमन्त्री शहबाज शरीफले आफ्नो सन्देशमा उक्त दिनलाई पाकिस्तानले कठिन परिस्थितिमा देखाएको साहस र शत्रुमाथि हासिल गरेको विजयको स्मरणका रूपमा उल्लेख गरेका थिए। उनले स्थल, समुद्र, आकाश र साइबर क्षेत्रमा पाकिस्तानी सुरक्षा निकायले समन्वयात्मक रूपमा दिएको प्रतिक्रियाले पाकिस्तानलाई ‘अजेय राष्ट्र’का रूपमा स्थापित गरेको दाबी गरेका थिए।
उपप्रधान तथा विदेशमन्त्री इशाक दारले दक्षिण एसियामा दिगो शान्तिका लागि जम्मु–कश्मीर मुद्दाको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्ताव तथा त्यहाँका जनताको आकांक्षाअनुसार समाधान आवश्यक रहेको बताएका थिए। उनले पाकिस्तान क्षेत्रीय शान्ति, संवाद र कूटनीतिक समाधानप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका थिए।
कार्यक्रममा राजदूत हाश्मीले ‘मार्का-ए-हक’ पाकिस्तानको राष्ट्रिय एकता, दृढता र सार्वभौमसत्ता रक्षाप्रतिको प्रतिबद्धताको प्रतीक भएको बताएका थिए। उनले देशको सुरक्षा र भौगोलिक अखण्डता जोगाउन पाकिस्तानी जनताको एकता र सुरक्षा निकायको भूमिकाको प्रशंसा गरेका थिए।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जब पहाड फुट्यो
-
संविधान दिवसमा ऊर्जा र सुशासनलाई समृद्धिको आधार बनाउनुपर्नेमा जोड
-
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भोटेकोशी बाढीपछि बंगलादेश निर्यात बन्द
-
दीर्घायुकुमार श्रेष्ठ बने नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक
-
भाेटेकाेशी - रसुवा बाढीपछि के गर्लान् ऊर्जा उद्यमी ? ( भिडियाे )
-
कालिञ्चोक हाइड्रोपावरको ४२ हजार २५० कित्ता शेयरको लक–इन अवधि सकिँदै