सूर्यकुण्ड हाइड्रोको ६८ लाख बढी शेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार सुरु हुने
जलसरोकार
काठमाडौं : सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीको ६८ लाख ९६ हजार ७४४ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। सूचीकृत कुल शेयरमध्ये सर्वसाधारणतर्फ १३ लाख ७९ हजार ३५० कित्ता र संस्थापकतर्फ ५५ लाख १७ हजार ३९४ कित्ता शेयर रहेका छन्।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९४ रुपैयाँ ७७ पैसा र अधिकतम २८४ रुपैयाँ ३१ पैसा मूल्य दायरा निर्धारण गरेको छ। सोही दायराभित्र पहिलो कारोबार मूल्य तय हुनेछ।
कम्पनीको शेयर दोस्रो बजारमा ‘एसकेएचईएल’ संकेतमा कारोबार हुने जनाइएको छ। कम्पनीको शेयर आगामी आइतबार स्पेसल प्रि–ओपन सेसनमार्फत पहिलो कारोबार भई त्यसपछि नियमित कारोबारमा प्रवेश गर्नेछ।
जलविद्युत् क्षेत्रमा आधारित कम्पनी भएकाले पछिल्लो समय यस समूहप्रति देखिएको आकर्षणका कारण सूर्यकुण्ड हाइड्रोको शेयरमा पनि लगानीकर्ताको चासो रहने अपेक्षा गरिएको छ। प्रारम्भिक कारोबार मूल्य र बजारको समग्र प्रवृत्तिले आगामी दिनको प्रदर्शन निर्धारण गर्ने देखिन्छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो