कुलमान घिसिङको पक्षमा विपक्षी दलहरू, कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे संसद्मा रुलिङ माग
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे विपक्षी दलरूले सरकारसँग जवाफ माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए ।
पाण्डले घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोमा जवाफका लागि रुलिङ माग गरे ।
‘आज स्पष्टीकरण, भोलि स्पष्टीकरण, पर्सि स्पष्टीकरण हुँदैहुँदै अहिले सरकार जसरी लागिरहेको छ यो बारेमा के सोचिएको हो सरकारले के भनेको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । र सभामुखमार्फत सरकारले के भएको हो जान्न चाहन्छु । म रुलिङको माग गर्दछु,’ उनले भने ।
जसले राम्रो काम गरिरहेको छ उसले शून्य अंक किन दिइएको भनेर उनले प्रश्न गरे । ‘जसले विद्युत प्राधिकरणलाई नाफामा लगिरहेको छ । त्यसलाई शून्य अंक दिएको के हो ?’ उनले सोधे ।सरकारको आफ्नै मुल्यांकन नहेरेको तर, विद्युत् प्राधिकरणमा काम गर्नेलाई शून्य अंक दिएको उनले बताए ।
सार्वजनिक संस्थानहरू घाटामा गइरहेको बेला प्राधिकरणलाई घिसिङले नाफामा लगिरहेको उनले बताए । भारतमा विद्युत् निर्यात गर्ने, बंगलादेशमा निर्यात गर्ने सम्झौता घिसिङको पालामा भएको स्मरण गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना