कुलमान घिसिङको पक्षमा विपक्षी दलहरू, कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे संसद्मा रुलिङ माग
जलसरोकार
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे विपक्षी दलरूले सरकारसँग जवाफ माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले विपक्षी दलहरूको तर्फबाट बोल्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई समय दिए ।
पाण्डले घिसिङले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोमा जवाफका लागि रुलिङ माग गरे ।
‘आज स्पष्टीकरण, भोलि स्पष्टीकरण, पर्सि स्पष्टीकरण हुँदैहुँदै अहिले सरकार जसरी लागिरहेको छ यो बारेमा के सोचिएको हो सरकारले के भनेको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । र सभामुखमार्फत सरकारले के भएको हो जान्न चाहन्छु । म रुलिङको माग गर्दछु,’ उनले भने ।
जसले राम्रो काम गरिरहेको छ उसले शून्य अंक किन दिइएको भनेर उनले प्रश्न गरे । ‘जसले विद्युत प्राधिकरणलाई नाफामा लगिरहेको छ । त्यसलाई शून्य अंक दिएको के हो ?’ उनले सोधे ।सरकारको आफ्नै मुल्यांकन नहेरेको तर, विद्युत् प्राधिकरणमा काम गर्नेलाई शून्य अंक दिएको उनले बताए ।
सार्वजनिक संस्थानहरू घाटामा गइरहेको बेला प्राधिकरणलाई घिसिङले नाफामा लगिरहेको उनले बताए । भारतमा विद्युत् निर्यात गर्ने, बंगलादेशमा निर्यात गर्ने सम्झौता घिसिङको पालामा भएको स्मरण गरे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव