११ महिनामा सरकारको राजस्व लक्ष्यको ७३ प्रतिशत मात्र संकलन
जलसरोकार
काठमाडौं : संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा करिब १० खर्ब ७९ अर्ब ६३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार वार्षिक लक्ष्यको तुलनामा राजस्व संकलन ७३.०६ प्रतिशतमा सीमित भएको देखिएको छ। सरकारले चालु आर्थिक वर्षभरिमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो, तर लक्ष्यअनुसारको प्रगति हासिल हुन सकेको छैन।
कर राजस्वतर्फ भने तुलनात्मक रूपमा राम्रो प्रगति देखिएको छ। सरकारले १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ११ महिनामा ९ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ संकलन भएको छ, जुन लक्ष्यको ७४.०३ प्रतिशत हो।
तर गैरकर राजस्वमा अपेक्षाभन्दा कमजोर प्रदर्शन देखिएको छ। १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहे पनि ११ महिनामा ९९ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ मात्र संकलन भएको छ, जुन ६४.७३ प्रतिशत हो।
त्यसैगरी, अनुदानतर्फ पनि लक्ष्यअनुसार प्रगति हुन सकेको छैन। सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान संकलन गर्ने लक्ष्य राखेकोमा सो अवधिमा २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ मात्र प्राप्त भएको छ, जुन लक्ष्यको ४२.८२ प्रतिशत हो।
समग्रमा कर राजस्वमा केही सुधार देखिए पनि गैरकर राजस्व र वैदेशिक अनुदान दुवै कमजोर रहँदा चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्य पूरा हुने विषयमा चुनौती देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना