सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नारायणघाट-बुटवल सडकखण्डमा एकतर्फी सवारी सञ्चालन, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

जलसरोकार
बुधबार, पुस १६, २०८२ | ०६:५६:२३ बजे
सांकेतिक तस्वीर

काठमाडौं : नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत दाउन्ने खण्डमा सडक मर्मत-सम्भारका कारण सवारी आवागमनमा समस्या देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, आयोजना निर्देशनालय (ए.डि.बी.) ले उक्त खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको जनाएको छ।

योजना कार्यालयका अनुसार दाउन्ने खण्डमा हाल Rigid Pavement तथा Culvert निर्माण कार्य भइरहेको छ । पछिल्ला केही दिनदेखि परेको भारी वर्षाका कारण सडक सतह अत्यन्त चिप्लो बनेको र साना तथा ठूला सवारी साधन चिप्लिने, अड्किने तथा बिग्रिने समस्या देखिएको सूचनामा उल्लेख छ । यसका कारण सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भई यात्रुहरूलाई यात्रा गर्न कठिनाइ भइरहेको जनाइएको छ।

सडकको अवस्था सुधार गर्न आवश्यक मर्मत-सम्भार कार्य भइरहेकोले अति आवश्यक सवारी साधनबाहेक अन्य सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न आयोजना निर्देशनालयले सबै सरोकारवालालाई अनुरोध गरेको छ । साथै, सो सडकखण्डमा सवारी सञ्चालन गर्दा आफ्नो लेनमा रही ट्राफिक नियमको पूर्ण पालना गर्नसमेत आग्रह गरिएको छ।

सूचनाबाट पर्न गएको असुविधाप्रति आयोजना कार्यालयले क्षमायाचना गरेको छ । सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिनका लागि आयोजना कार्यालयका सूचना अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : बुधबार, पुस १६, २०८२ | ०६:५६:२३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया