नारायणघाट-बुटवल सडकखण्डमा एकतर्फी सवारी सञ्चालन, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
जलसरोकार
काठमाडौं : नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत दाउन्ने खण्डमा सडक मर्मत-सम्भारका कारण सवारी आवागमनमा समस्या देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, आयोजना निर्देशनालय (ए.डि.बी.) ले उक्त खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको जनाएको छ।
योजना कार्यालयका अनुसार दाउन्ने खण्डमा हाल Rigid Pavement तथा Culvert निर्माण कार्य भइरहेको छ । पछिल्ला केही दिनदेखि परेको भारी वर्षाका कारण सडक सतह अत्यन्त चिप्लो बनेको र साना तथा ठूला सवारी साधन चिप्लिने, अड्किने तथा बिग्रिने समस्या देखिएको सूचनामा उल्लेख छ । यसका कारण सवारी आवागमनमा गम्भीर अवरोध उत्पन्न भई यात्रुहरूलाई यात्रा गर्न कठिनाइ भइरहेको जनाइएको छ।
सडकको अवस्था सुधार गर्न आवश्यक मर्मत-सम्भार कार्य भइरहेकोले अति आवश्यक सवारी साधनबाहेक अन्य सवारी साधनले वैकल्पिक सडक प्रयोग गर्न आयोजना निर्देशनालयले सबै सरोकारवालालाई अनुरोध गरेको छ । साथै, सो सडकखण्डमा सवारी सञ्चालन गर्दा आफ्नो लेनमा रही ट्राफिक नियमको पूर्ण पालना गर्नसमेत आग्रह गरिएको छ।
सूचनाबाट पर्न गएको असुविधाप्रति आयोजना कार्यालयले क्षमायाचना गरेको छ । सडकको अद्यावधिक अवस्थाबारे जानकारी लिनका लागि आयोजना कार्यालयका सूचना अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।

लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरण टुक्र्याउने प्रस्तावविरुद्ध एकजुट भए पाँच कर्मचारी संगठन
-
पश्चिम नेपालका २,५०० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न २० अर्बको वेस्ट सेती प्रसारण लाइन अघि बढ्यो
-
विद्युत्मा ५ प्रतिशत कर त लाग्छ, तर उपभोक्तालाई असर नपर्ने गरी समायोजन गर्न खाेज्दैछाैं : अर्थमन्त्री वाग्ले
-
५० युनिटमाथिको विद्युत् उपभोगमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति
-
भोजपुरको लुङ्गिनमा पुगे राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात १४४ प्रतिशतले बढ्यो, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार