कोरला नाकाबाट एक महिनामै भित्रिए सय विद्युतीय सवारी
जलसरोकार
मुस्ताङ : चालु आर्थिक वर्षको पहिलो महिनामा मुस्ताङको कोरला नाकाबाट एक सय वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।
मुस्ताङ भन्सार कार्यालयका अनुसार एक महिनाको अवधिमा विद्युतीय सवारीसाधनसहित अन्य सामग्रीको आयातबाट राज्यकोषमा २९ करोड रुपैयाँ राजस्व दाखिला भएको छ।
भन्सार प्रमुख विदुर चुडालका अनुसार कोरला नाकाबाट दैनिक करिब १० वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको छ।
गत आर्थिक वर्षमा कोरला नाकाबाट करिब तीन हजार विद्युतीय सवारीसाधन आयात भएका थिए। सो अवधिमा भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
चीनसँगको उत्तरी सीमा जोड्ने कोरला नाका पछिल्लो समय विद्युतीय सवारीसाधन आयातको नयाँ मार्गका रूपमा विकसित हुँदै गएको छ। सवारीसाधन आयात बढेसँगै नाकाबाट हुने राजस्व सङ्कलनमा समेत उल्लेख्य योगदान पुग्दै आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना