बुधबार पनि सेयर बजारमा गिरावट जारी, १४.८ अंकले घट्दा कारोबार बढ्यो
जलसरोकार
काठमाडौं : बुधबार पनि सेयर बजारमा गिरावट जारी रह्यो । अघिल्लो दिन ७.६ घटेको बजार आज १४.८ अंक घट्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ ।
अघिल्लो दिन ४ अर्ब ३४ करोडको कारोबार भएकोमा आज ५ अर्ब १४ करोडको भयो । ५३ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने ७ को स्थिर रह्यो । होटल तथा पर्यटन ०.१० तथा व्यापार ०.६० प्रतिशत बढे भने अरु सबै सेक्टरक सूचक घटे ।
फाइनान्स सेक्टर सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो । बैंकिङ ०.५६, विकास बैंक ०.१३, हाइड्रोपावर ०.६७, लगानी ०.४९, जीवन बीमा १.४८, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.५१, तथा अन्य सेक्टर ०.५१ प्रतिशत घटे ।
मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.३ प्रतिशत बढ्यो । भूगोल इनर्जीको ७.३, ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशत मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, ग्रीन डेभलपमेन्ट बैंक तथा हिमालयन पावर पार्टनर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो