मंगलबार सेयर बजारका सबै सूचक बढेसँगै २६५७ मा कायम
जलसरोकार
काठमाडौं,: मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।
कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रह्यो ।
यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै ४.०७ प्रतिशत बढेको छ । बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८, उत्पादन १.२३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.२८, अन्य १.७४ र व्यापार ०.२४ प्रतिशत बढे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानाकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । त्यस्तै सिन्धु विकास बैंकको ९.४७, मितेरीको ८.८३, ग्रीन ८.१९ र एक्सल डेभलपमेन्ट बैंकको ७.६३ प्रतिशत मूल्य बढ्यो ।
दोल्ती पावरको ८.४३, सप्तकोशी विकास बैंकको ४.६३ तथा भूगोल इनर्जीको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट,आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
भोटेकोशी बाढीपछि खोज र उद्धारलाई उच्च प्राथमिकता दिएका छौँ : मन्त्री श्रेष्ठ
-
माथिल्लो त्रिशूली–३ ‘बी’मा उद्धार प्रयास अघि बढ्यो, सीईओसहित ३ कर्मचारी र १६ सैनिक घटनास्थलमा
-
पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार