राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
जलसरोकार
काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक रहेको तरलता खिच्न बुधबार ५६ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो। राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा करिब ५७ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ।
बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधामार्फत केन्द्रीय बैंकमा राखेको रकम परिपक्व हुन लागेकाले सो रकम पुनः खिच्न निक्षेप संकलन उपकरण जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाले प्रणालीमा अधिक तरलता हुँदा अल्पकालका लागि रकम राष्ट्र बैंकमा राख्ने गर्छन्।
निक्षेप संकलन उपकरणमार्फत केन्द्रीय बैंकले कम ब्याजदर माग गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँट गर्ने व्यवस्था छ। वित्तीय प्रणालीको तरलता अवस्था र अन्तरबैंक ब्याजदर व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायतका उपकरण प्रयोग गर्दै बजारबाट पैसा खिच्ने गर्छ।
त्यसैगरी प्रणालीमा तरलता अभाव हुँदा स्थायी तरलता सुविधा तथा रिपोमार्फत बजारमा रकम प्रवाह गर्ने व्यवस्था रहेको छ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता प्रवाह गर्दा ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदरमा ब्याज लिने गर्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिने व्यवस्था छ। हाल बैंकदर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
“विद्युत्मा भ्याट नयाँ होइन, करको दायरा विस्तार हो– ५० युनिटसम्मका उपभोक्ता सुरक्षित” : सांसद इन्जिनियर श्रीराम न्यौपाने
-
५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने निर्णयको पूर्व ऊर्जामन्त्री कुलमानद्वारा विरोध
-
ऊर्जा क्षेत्रका लागि निजी लगानीमैत्री बजेट, तर सफलता कार्यान्वयनमा निर्भर
-
ऊर्जा क्षेत्रमार्फत आर्थिक रूपान्तरणको महत्वाकांक्षी योजना, जलाशययुक्त आयोजना, विद्युत् निर्यात र सिँचाइ विस्तारमा सरकारको जोड
-
आगामी वर्षकाे बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ
-
आगामी वर्ष १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिने