मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्याे सुझाव, असार १५ भित्र ल्याउने तयारी
जलसरोकार
काठमाडौँ : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति असार १५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीति निर्माणका लागि सर्वसाधारण, संघ–संस्था तथा सरोकारवालासँग सुझाव माग गरेको छ । इच्छुकले आगामी असार ५ गतेभित्र इमेलमार्फत सुझाव पठाउन सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम मौद्रिक नीति तर्जुमा प्रक्रिया अघि बढाइएको हो । प्राप्त सुझावलाई विश्लेषण गरी आगामी नीतिमा समावेश गरिने जनाइएको छ ।
यसअघि सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरिसकेको छ । बजेटमा तय भएका लक्ष्य र कार्यक्रमलाई आधार बनाएर मौद्रिक नीति तयार गरिने राष्ट्र बैंकको तयारी छ ।
बजेटपछि मौद्रिक नीति आउन लागेकोले आर्थिक स्थायित्व, मूल्य नियन्त्रण, तथा वित्तीय क्षेत्र व्यवस्थापनलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना