नौ महिनामा एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढ्यो
जलसरोकार
काठमाडौं ः एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो ।
साउनदेखि चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले १६.२७ रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले १७.२३ रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ५ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा अहिले ६ अर्ब ४९ करोड रुपैयाँ छ ।
लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढेको छ । यस्तो रकम पहिले ८० करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २९ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.८६ बाट बढेर ४.४७ प्रतिशत पुगेको छ ।
प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ रहेको छ । आधार दर पहिले ९.१५ प्रतिशत रहेकोमा अहिले ६.४९ प्रतिशत छ । वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव
-
मुस्ताङको चैले र चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु
-
आज देशभर मौसम मुख्यतया सफा