नौ महिनामा एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढ्यो
जलसरोकार
काठमाडौं ः एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो ।
साउनदेखि चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो ।
बैंकको नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले १६.२७ रुपैयाँ रहेको वार्षिक प्रतिसेयर आम्दानी अहिले १७.२३ रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले ५ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा अहिले ६ अर्ब ४९ करोड रुपैयाँ छ ।
लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) बढेको छ । यस्तो रकम पहिले ८० करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २९ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.८६ बाट बढेर ४.४७ प्रतिशत पुगेको छ ।
प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ रहेको छ । आधार दर पहिले ९.१५ प्रतिशत रहेकोमा अहिले ६.४९ प्रतिशत छ । वितरणयोग्य नाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य