ग्लोबल मनी विक २०२६ मा एनएमबी बैंकको देशव्यापी वित्तीय साक्षरता अभियान
जलसरोकार
काठमाडौँ : एनएमबी बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित बैंकले आफ्ना शाखामार्फत विद्यालय, कलेज तथा समुदायस्तरमा विविध कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रमका क्रममा सहभागीहरूलाई बचत गर्ने बानीको विकास, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजनाबारे जानकारी प्रदान गरिएको थियो । बैंकका अनुसार यी कार्यक्रममार्फत चार हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
यसै अवसरमा बैंकले विभिन्न स्थानमा प्रभातफेरी तथा जनचेतनामूलक र्यालीसमेत आयोजना गरी समुदायमा जिम्मेवार वित्तीय व्यवहारबारे सचेतना फैलाएको जनाएको छ । साथै सामाजिक सञ्जालमार्फत पनि वित्तीय शिक्षासम्बन्धी जानकारीमूलक सामग्रीहरू साझा गरिएको छ ।
हाल एनएमबी बैंक लिमिटेड ले देशभर २०२ शाखा, १८४ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य