आदिवासी तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग
जलसरोकार
काठमाडौं : एनएमबी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत आदिवासी तमु समुदायका ४० जना विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको छ ।
तमु धिं नेपालसँगको सहकार्यमा प्रदान गरिएको उक्त सहयोग तमु धिं नेपालको ४२औं स्थापना दिवसको अवसरमा घोषणा गरिएको बैंकले जनाएको छ ।
सहयोगअन्तर्गत गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको थियो । पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्मकुमारी तमु, अध्यक्ष हुमबहादुर गुरुङ तथा एनएमबी बैंक गण्डकी प्रदेश प्रमुख राजीव रञ्जितले संयुक्त रूपमा सामग्री वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश प्रमुख रञ्जितले तमु धिं नेपालसँगको सहकार्यमार्फत एनएमबी बैंकले शिक्षा, समुदाय सशक्तीकरण तथा सामाजिक विकासप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको बताए ।
एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम तथा ९ विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?