एनएमबी बैंकले ल्यायो ‘लुप’मार्फत खरिद कर्जा र किस्ताबन्दी सुविधा
सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँग त्रिपक्षीय सम्झौता, डेबिट कार्ड वा क्यूआरबाट खरिद गरी मासिक किस्तामा भुक्तानी गर्न सकिने
जलसरोकार
काठमाडौं : एनएमबी बैंक लिमिटेडले ग्राहकलाई डिजिटल माध्यमबाट खरिद कर्जा तथा मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने सुविधा उपलब्ध गराउन सिटीटेक ग्रुप प्रालि र स्मार्ट च्वाइस टेक्नोलोजिज प्रालिसँग त्रिपक्षीय सम्झौता गरेको छ ।
सम्झौताअनुसार एनएमबी बैंक ‘लुप’ नेटवर्कमा कर्जा जारी गर्ने बैंकका रूपमा आबद्ध भएको छ । यससँगै बैंकका ग्राहकले लुप नेटवर्कमा आबद्ध व्यापारीकहाँ खरिद गर्दा तत्काल खरिद कर्जा लिन तथा डेबिट कार्डबाट गरिएका खरिदलाई मासिक किस्तामा भुक्तानी गर्ने व्यवस्थामा रूपान्तरण गर्न सक्नेछन् ।
बैंकका ग्राहकले आफूले प्रयोग गर्दै आएको एनएमबी बैंकको डेबिट कार्ड वा क्यूआर भुक्तानी माध्यमबाट ‘लुप क्रेडिट’ सुविधा उपयोग गरी खरिद गर्न सक्नेछन् । त्यसैगरी, दैनिक खरिदका लागि डेबिट कार्डबाट भुक्तानी गरिएको रकमलाई ‘लुप ईएमआई’ सुविधामार्फत समान मासिक किस्ता (ईएमआई) मा रूपान्तरण गर्न सकिने बैंकले जनाएको छ ।
यस सुविधाले ग्राहकलाई भुक्तानीका लागि लचिलो विकल्प उपलब्ध गराउने, डिजिटल प्रक्रियाबाट छिटो सेवा प्राप्त गर्न सहयोग गर्ने तथा भुक्तानीका सर्तमा पारदर्शिता कायम गर्ने अपेक्षा गरिएको छ । बैंकको कर्जा प्रणाली र सुरक्षित प्राविधिक पूर्वाधारमार्फत सेवा सञ्चालन गरिने जनाइएको छ ।
एनएमबी बैंकले देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ विस्तारित काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
पत्रकार विकास थापाको पुस्तक ‘नेपालको जलविद्युत् : असफलताको राजनीति’ को लोकार्पण
-
राष्ट्र बैंक थापाथलीमा पाँच मिनेटमै नयाँ नोट साट्न सकिने
-
एनएमबी बैंकले ल्यायो ‘लुप’मार्फत खरिद कर्जा र किस्ताबन्दी सुविधा
-
यस्तो छ आजको मौसम
-
दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा साढे २१ अर्ब लगानी स्वीकृत, अरुण–३ र माथिल्लो कर्णालीलाई पनि गति दिने
-
नेप्सेमा १७ अंकको वृद्धि, कारोबार रकम पनि साढे ४ अर्ब नाघ्यो