एनएमबी बैंकको नयाँ म्युचुअल फन्डमा लगानीका लागि खुल्यो आवेदन
जलसरोकार
काठमाडौं: एनएमबी बैंकको कोष प्रवर्द्धनमा सञ्चालन हुने नयाँ म्युचुअल फन्ड ‘एनएमबी हाइब्रिड फन्ड एल २’ मा लगानी आवेदन खुलेको छ ।
कम्पनीले १२ करोड इकाईमध्ये १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरेको हो । अंकित मूल्य १० रुपैयाँको उक्त फन्डमा बिहीबारदेखि अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।
छिटोमा माघ २८ र ढिलोमा फागुन ८ गतेसम्म आवेदन खुल्न सक्नेछ । न्यूनतम १ सय कित्ता तथा अधिक १ करोड २० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । बन्दमुखी यस योजना दोस्रो बजारमा सूचीकृत भइ कारोबारमा आउने बैंकले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना