तीन अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दै एनएमबी बैंक
जलसरोकार
काठमाडौं,: एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबी ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको छ ।
बैंक सञ्चालक समितिको २८ मंसिरमा ४७९औं बैठकले आर्थिक वर्ष २०८०÷८१ को २९औं वार्षिक साधारणसभा २५ पुसमा गर्ने र प्रतिकित्ता १ सयका दरले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।
यो सेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सयबाट २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सय रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।
त्यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भएपछि बैंकको अधिकृत पूँजी २० अर्बबाट २५ अर्ब पुग्ने छ ।
११ पुस एक दिन वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकको सेयर दाखिल खारेज कार्य बन्द गर्ने निर्णय गरेको एनएमबी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नगद लाभांश तथा बोनस सेयर नदिने निर्णय पनि गरेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना