अविरल वर्षाका कारण देशभरका नौ सडकखण्ड पूर्णरूपमा अवरुद्ध
जलसरोकार
काठमाडौं : अविरल वर्षाले देशभरका नौ सडकखण्डमा आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ । सडक विभागका अनुसार बाढी, पहिरो र डुबानका कारण नौ सडकखण्ड बन्द हुनाका साथै १५१ सडकखण्डमा भने एकतर्फी मात्र यातायात सञ्चालन भइरहेको छ ।
मुलुकभर रहेका ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड पूर्ण रूपमा खुलेका विभागले जनाएको छ । विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबान, पुल बगाउने घटना, सडक तथा पुल निर्माण कार्य र मर्मतसम्बन्धी कारणले सडक अवरुद्ध भएको जानकारी दिए । उनले कतिपय स्थानमा पहिरो पन्छाउने कार्य जारी रहेको र वर्षा रोकिएपछि मात्र कतिपय सडक सञ्चालनमा ल्याउन सकिने बताए ।
विभागका अनुसार असार २४ गते चीनतर्फको हिमताल फुटेर आएको बाढीका कारण गल्छी–त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड अझै पूर्णरूपमा अवरुद्ध छ । त्यस्तै, हुम्लाको पैमा नदीमा पानीको बहाव बढेका कारण कर्णाली करिडोरको दक्षिण खण्ड पनि बन्द छ ।
यस्तै, पानीको बहाव बढ्नु र पुल निर्माण कार्य जारी रहनुका कारण उत्तर–दक्षिण कोशी राजमार्ग अझै सुचारु हुन सकेको छैन । साउन ६ गते बाढीले बेलिब्रिज बगाएपछि तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड बन्द भएको विभागले जनाएको छ ।
तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक र पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडकखण्ड पनि पहिरोका कारण पूर्ण अवरुद्ध छन् ।
यसैगरी, रोल्पाको सहिद राजमार्ग, दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्ड (राति बन्द, दिउँसो सुचारु) र अरनिको राजमार्गको सिन्धुपालचोक खण्ड समेत हाल अवरुद्ध रहेको विभागले जनाएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
३० हजार मेगावाट लक्ष्यलाई केन्द्रमा राख्दै ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुँदै
-
भोटेकोशी बाढीपीडित जलविद्युत् आयोजनाका लागि विशेष प्याकेज घोषणा गर्न इप्पानकाे माग
-
विकास हाइड्रोपावरले १० प्रतिशत बोनस शेयर दिने
-
दुई महिनामै सरकारको खर्च दुई खर्ब, आम्दानीभन्दा खर्च १० अर्ब बढी
-
बुढीगण्डकी : भोटेकोशीको बाढीपछि उठेको ठूलो प्रश्न– पानीलाई कसरी व्यवस्थापन गर्ने?
-
‘सुरुङको अँध्यारोभित्र कतै एउटा जीवन अझै प्रतीक्षामा हुन सक्थ्यो’ : अर्नोल्ड डिक्स