नेप्सेका नवनियुक्त सीईओ चुडामणि चापागाईंले बुझे नियुक्ति पत्र
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई नेप्से सीईओमा नियुक्त गरेको हो । नियुक्तिपछि मंगलबार नै उनलाई अर्थमन्त्रालयमा राजस्व सचिव दिनेशकुमार घिमिरेले नियुक्त पत्र प्रदान गरे ।
झापाका चापागाईंसँग लामो समय सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आवद्ध भएर काम गरेको अनुभव छ । यसअघि नेप्सेको सीईओमा नारदकुमार लुइँटेललाई नियुक्त गरिए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन ।
पर्यटन व्यवसायी समेत रहेका लुइँटेलको नाम सिफारिस हुँदा आलोचना हुन सक्ने भएपछि मन्त्रिपरिषदले पुनः अर्को नाम नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहँदै आएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
स्वच्छ ऊर्जा प्रवर्द्धनमा जोड
-
निःशुल्क सेयर र अवैध रकम मागले ऊर्जा क्षेत्रमा निजी लगानीलाई जोखिम
-
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ
-
सुनको भाउ घट्यो, चाँदी पनि सस्तियो : शुक्रबार कतिमा हुँदैछ खरिद–बिक्री ?
-
बर्दिबासमा २० मेगावाटको सौर्य ऊर्जा जडान गरिँदै
-
विद्युत व्यापार र प्रसारण लाइनमा सहकार्य गर्न निजी क्षेत्रकाे प्रस्ताव