नेप्सेको गिरावट रोकिएन, ८.५७ अंक घटेर २६२८ विन्दुमा
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन शेयर बजारमा पुनः गिरावट आएको छ। बिहीबारको ओरालो यात्रालाई निरन्तरता दिँदै शुक्रबार नेप्से परिसूचक ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेको छ।
बजार घटेसँगै कारोबार गतिविधिसमेत केही सुस्त देखिएको छ। शुक्रबार ३५३ स्टकको ४२ हजार ८२१ पटक कारोबार हुँदा १ करोड ३१ लाख ९८ हजार कित्ता शेयर किनबेच भएका छन्। दिनभरको कारोबार रकम ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन भने बजारमा ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
शुक्रबार सेन्सेटिभ इन्डेक्स ०.९६ अंकले घट्दा फ्लोट इन्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१६ अंकले ओरालो लागेका छन्।
बजारमा सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ। बैंकको शेयरमूल्य ६.०८ प्रतिशतले बढेको छ। समायोजनपछि कारोबार खुलेको बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो। माण्डु हाइड्रोपावरको शेयरमूल्य पनि साढे ४ प्रतिशतभन्दा बढी बढेको छ भने बेष्ट फाइनान्स करिब साढे ४ प्रतिशतले उक्लिएको छ।
यता, कारोबारमा आएको सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य ५.३७ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अगाडि रहेको छ। बैंकको २४ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। ग्लोबल आइएमई बैंकको साढे २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन उर्जा विकास कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
उपसमूहतर्फ भने बजारमा व्यापक गिरावट देखिएको छ। १३ उपसमूहमध्ये बैंकिङ र निर्जीवन बीमा गरी दुई समूह मात्रै सामान्य बढेका छन् भने बाँकी ११ समूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी प्रभावित भएको छ। उक्त समूहको सूचक ६७.४३ अंकले घटेको छ।
यससँगै साताको अन्तिम कारोबारमा नेप्सेले गिरावटलाई निरन्तरता दिँदा समग्र बजारमा कारोबार रकम र लगानीकर्ताको सक्रियतासमेत अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारी थापा र ढकालको बढुवा
-
भारतमा विद्युत् संकटको जोखिम : कोइला अभावसँगै १० वर्ष पुरानो नीतिमाथि प्रश्न, नेपालका लागि पनि चुनौती र अवसर
-
नेप्सेको गिरावट रोकिएन, ८.५७ अंक घटेर २६२८ विन्दुमा
-
भोटेकोशी बाढी : पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
-
हिउँदमा ४६२ मेगावाटसम्म विद्युत् अभाव हुने प्रक्षेपण, भारतबाट १५० मेगावाट चौबीसै घण्टा किन्ने तयारी
-
भूमिगत लाइन बिछ्याउन १२ दिन विभिन्न क्षेत्रमा विद्युत् कटौती