बजेटअघिको अन्तिम कारोबारमा नेप्सेमा हरियाली, कारोबार रकम ६ अर्ब नाघ्यो
जलसरोकार
काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सकारात्मक भएर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य अंकले घटेको बजार यस दिन भने वृद्धि भएर बन्द भएको हो।
आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुवै ०.४३ अंकले उकालो लागेको छ।
कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा यस दिन ३५४ वटा स्टकको ६० हजार ५६२ पटक कारोबार हुँदा कुल ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ। त्यस्तै, बुंगल हाइड्रोको शेयरमूल्य १३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ।
यता, १०.२५ प्रतिशत सानिमा डिबेञ्चर २०८९ को मूल्य भने सर्वाधिक ६.६४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ७१ करोड २२ लाख ३३ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढी तथा नेशनल हाइड्रोपावर कम्पनीको ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा व्यापार उपसमूहमा सामान्य वृद्धि देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो