तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो
जलसरोकार
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि लगातार घटिरहेको नेप्से यस दिन भने सामान्य सुधारसहित सकारात्मक भएर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा बजारमा सामान्य सुधार देखिए पनि कारोबारको आकार भने खुम्चिएको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले बढेको छ। त्यस्तै, फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंकले बढेका छन्।
नेप्से परिसूचक सामान्य अंकले उकालो लागे पनि शेयर बजारमा कारोबार रकम भने घटेको छ। बुधबार ४ अर्ब १५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा बिहीबार ३४७ स्टकको ४० हजार ८३७ पटकको कारोबारमा ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। यस दिन कुल ९४ लाख ३७ हजार कित्ता शेयर कारोबार भएको छ।
बिहीबारको बजारमा बोटलर्स नेपालका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको शेयरमूल्य ६ प्रतिशतले बढेको छ। त्यस्तै, बोटलर्स नेपाल (तराई) को शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढीले बढेको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ५ प्रतिशतले उकालो लागेको छ।
यता कारोबारमा आएको एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको शेयरमूल्य यस दिन ५.४५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको १६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि मंसिर ११ गते बुकक्लोज गर्ने भएको छ।
त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको कारोबार रकम पनि साढे १२ करोड रुपैयाँ नाघेको छ।
उपसमूहतर्फ भने बजारमा मिश्रित प्रभाव देखिएको छ। १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढ्दा आठ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२९ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ, वित्त, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहका परिसूचक पनि सामान्य अंकले बढेका छन्।
समग्रमा बिहीबार नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम ४ अर्बबाट तल झरेको छ। परिसूचकमा आएको सामान्य वृद्धि र कारोबार रकममा देखिएको कमीले बजारमा खरिदकर्ताको सक्रियता अझै बलियो बन्न नसकेको संकेत गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तीन दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम भने घट्यो
-
मध्यकालीन सम्झौताको विद्युत् पनि भारतीय एक्सचेन्जमा, निर्यात स्वीकृति १,१९८ मेगावाट पुग्यो
-
भारतले गैर-सौर्य समयमा पनि प्रसारण पहुँच विस्तार गर्दै, नेपाललाई भने चौबीसै घण्टा विद्युत् व्यापारमा अवरोध
-
हिउँदमा उपत्यकामा लोडसेडिङ हुन नदिन प्राधिकरणको मार्गचित्र, ६५० मेगावाट माग धान्ने लक्ष्य
-
सरकारी आयोजनाको पीपीए खुलाउँदै प्राधिकरण, १६ हजार मेगावाटका आयोजना अझै प्रतीक्षामा
-
सरकारी आयोजनाको पीपीए खुलाउँदै प्राधिकरण, १६ हजार मेगावाटका आयोजना अझै प्रतीक्षामा