अन्तिम समयमा सुधारिँदा नेप्से सामान्य बढ्यो, कारोबार घट्यो
जलसरोकार
काठमाडौँ, : साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अधिकांश समय ओरालो लागेको बजार अन्तिम समयमा सुधारिँदा हरियो रहन सफल भएको हो।
सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको छ। अघिल्ला दुई कारोबार दिन उच्च वृद्धि देखिएको बजारमा यस दिन ‘इन्ट्राडे करेक्सन’ देखिए पनि अन्त्यतिर पुनः उकालो लागेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेको छ।
परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ। अघिल्लो दिन २३ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार १५ अर्ब ७८ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ। कुल ३४२ कम्पनीका १ लाख ५६ हजारभन्दा बढी कारोबारमार्फत तीन करोड ८० लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्।
यस दिन चार कम्पनीका शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरका लगानीकर्ताले उच्च नाफा कमाएका छन्। मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेष्ट इनको शेयरमूल्य पनि करिब १० प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ६७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्स र नेशनल हाइड्रोपावर कम्पनी पनि उच्च कारोबार हुने कम्पनीमा परेका छन्।
उपसमूहगत रुपमा मिश्रित प्रवृत्ति देखिएको छ। १३ मध्ये ७ उपसमूहको परिसूचक बढ्दा ६ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५३ प्रतिशतले बढेको छ भने जलविद्युत र म्युचुअल फण्ड समूह पनि करिब १ प्रतिशतले उकालो लागेका छन्। बैंकिङ, विकास बैंक, बीमा र होटल–पर्यटन समूहमा भने सामान्य गिरावट देखिएको छ।
पछिल्ला दिनको तीव्र वृद्धिपछि बजारमा सामान्य सुधार (करेक्सन) देखिए पनि लगानीकर्ताको सक्रियता कायम रहेकाले बजार अझै सकारात्मक दिशामै रहेको विश्लेषकहरू बताउँछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य