झिनो अंकले बढ्याे नेप्से, कारोबार रकममा भने गिरावट
जलसरोकार
काठमाडौं : बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। लगातार केही कारोबार दिनदेखि ओरालो लागेको बजारमा यस दिन सामान्य सुधार देखिएको हो।
नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा पुगेको छ। यद्यपि, सेन्सेटिभ इन्डेक्स भने ०.२० अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.१० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०८ अंकले वृद्धि भएको छ।
बजार परिसूचक सकारात्मक रहे पनि कारोबार रकममा भने कमी आएको छ। बुधबार कुल ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर तीन अर्ब ६३ करोड ७५ लाख रुपैयाँमा खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन मंगलबार चार अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नवप्रवेशी कम्पनी सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको हो। त्यस्तै, बुंगल हाइड्रोपावर कम्पनीको शेयर मूल्य पनि ७.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
उता, मूल्य घट्ने कम्पनीमध्ये एनएमबी डिबेञ्चरको मूल्य सबैभन्दा बढी १०.७५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको २१ करोड १७ लाख ११ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको रिलायन्स स्पिनिङ मिल्सको १८ करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये पाँच उपसमूहका परिसूचक बढेका छन् भने आठ उपसमूहमा गिरावट आएको छ। विकास बैंक, वित्त, जलविद्युत्, लगानी तथा उत्पादन तथा प्रशोधन समूहमा हरियाली देखिएको छ। बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहका परिसूचक भने घटेका छन्।
समग्रमा बजार झिनो अंकले सकारात्मक बने पनि लगानीकर्ताको उत्साह पूर्ण रूपमा फर्किन नसक्दा कारोबार रकममा कमी देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य
-
विद्युत् व्यापारको अनुमतिपत्र माग्दै ग्रिड ट्रेड इनर्जी मन्त्रालयमा
-
मौसम चेतावनीमुक्त सोमबार, पहाडी र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना