साताको पहिलो कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
जलसरोकार
काठमाडौं : साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।
यस दिन नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १.६४ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंकले वृद्धि भएको छ ।
परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । गत शुक्रबार ५ अर्ब २७ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा सोमबार ३५१ स्टकको ८१ हजार ६ पटकको कारोबारमा ४ अर्ब ७४ करोड ८८ लाख रुपैयाँबराबरको १ करोड ९ लाख २८ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्ट र सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, झापा इनर्जीको शेयरमूल्य करिब ९.५ प्रतिशतले बढ्दा ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य झण्डै ७ प्रतिशतले वृद्धि भएको छ ।
यता निफ्रा ग्रीन इनर्जी डिबेञ्चर ६% २०८८/८९को मूल्य भने सर्वाधिक १४.०१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स अग्रस्थानमा रहेको छ, जसको ३० करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको २६ करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।
उपसमूहतर्फ १३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूह १.५२ प्रतिशतले बढ्दा विकास बैंक उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ । व्यापार उपसमूह भने सर्वाधिक १.३९ प्रतिशतले घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो