सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेप्से ८.८१ अंकले बढ्दा कारोबार रकम ३ अर्ब ७२ करोड नाघ्यो

जलसरोकार
बिहीबार, साउन २८, २०८३ | १५:३६:४७ बजे

 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि सकारात्मक रहँदै आएको नेप्सेले यस दिन पनि वृद्धिको क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.९७ अंकले बढेको छ। फ्लोट इन्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३६ अंकले बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा बिहीबार कारोबार रकम बढेर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँ पुगेको छ।

यस दिन ३४७ स्टकको ४५ हजार ८२२ पटकको कारोबारमा १ करोड २ लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट

बिहीबार दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। यस दिन सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य करिब १३ प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमूल्य करिब १२ प्रतिशतले उकालो लागेको छ।

यस दिन इमर्जिङ नेपालको शेयरमूल्य भने ५.११ प्रतिशतले घटेको छ।

घलेम्दी हाइड्रोको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा बिहीबार घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २९ करोड ९८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। सोलु हाइड्रोपावरको कारोबार रकम पनि १५ करोड ५० लाख रुपैयाँ नाघेको छ।

१० उपसमूहको सूचक बढ्यो

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। एक उपसमूहको परिसूचक स्थिर रहेको छ।

बिहीबार बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक बढेको छ।

त्यस्तै, व्यापार उपसमूहको परिसूचक स्थिर रहेको छ। बजारमा सामान्य सुधार आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

प्रकाशित मिति : बिहीबार, साउन २८, २०८३ | १५:३६:४७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया