नेप्से १९.७० अंकले बढ्यो, कारोबार रकम भने घट्यो
जलसरोकार
काठमाडौँ : साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ। पछिल्ला दुई कारोबार दिनदेखि लगातार घटिरहेको नेप्से परिसूचक मंगलबार भने बढेर बन्द भएको हो।
कारोबारको सुरुवातमा घटेर २८०० विन्दुभन्दा तल झरेको नेप्से सोही क्षेत्रमा टेवा पाएपछि पुनः उकालो लागेको हो। मंगलबार नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा पुगेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.२६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले वृद्धि भएका छन्।
सूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार करिब १३ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा मंगलबार ३३९ कम्पनीका १ लाख ३७ हजार ८५७ पटकको कारोबारमा ११ अर्ब ११ करोड २४ लाख १८ हजार रुपैयाँबराबरको २ करोड ७९ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेड, भुजुङ्ग हाइड्रोपावर लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, रिज लाइन इनर्जी लिमिटेड र होटल फरेष्ट इन लिमिटेड को सेयर सकारात्मक सर्किटमा कारोबार भएको हो।
त्यस्तै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड को सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने अन्य केही कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यता सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड को सेयरमूल्य सर्वाधिक ८.९६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४८ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यसैगरी अपि पावर कम्पनी लिमिटेड को करिब ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड को कारोबार रकम साढे ३७ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये मंगलबार ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.९४ प्रतिशतले बढेको छ। वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी र होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशतले बढेको छ।
यस दिन म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?