नेप्से परिसूचक २७ अंकभन्दा बढीले बढ्यो, कारोबार रकम पनि उकालो
जलसरोकार
काठमाडाैं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारको सकारात्मक लयलाई निरन्तरता दिँदै बजारमा हरियाली कायम भएको हो ।
यस दिन नेप्से परिसूचक २७ दशमलव ८५ अंकले बढेर २ हजार ७ सय ८६ दशमलव ३५ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ३ दशमलव ८५ अंकले बढ्दा फ्लोट इण्डेक्स १ दशमलव ८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव २९ अंकले वृद्धि भएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । गत शुक्रबार ४ अर्ब ४९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३४२ कम्पनीका १ करोड ४५ लाख ४० हजार कित्ता शेयर ७५ हजार ८५६ पटक खरिदबिक्री हुँदा कुल ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
यस दिन थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ०१ प्रतिशतले बढेको छ । त्यस्तै सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशतले वृद्धि भएको छ भने अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब साढे ५ प्रतिशतले बढेको छ ।
यता कारोबारमा आएको बुंगल हाइड्रोको शेयरमूल्य सर्वाधिक १० दशमलव ३२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६० करोड २० लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै रिडी पावर कम्पनीको ३० करोड १७ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावर कम्पनीको कारोबार रकम १८ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ५० प्रतिशतले बढेको छ । होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेका छन् ।
यता म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?