नेप्से परिसूचक ४८ अंकले बढ्दा कारोबार झन्डै १० अर्ब
जलसरोकार
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार पनि उल्लेख्य रूपमा बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार बढेको बजारले यस दिन पनि उकालो यात्रा कायम राखेको हो।
यस दिन नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा पुगेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंकले वृद्धि भएको छ।
बजारसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। बुधबार ८ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३८ कम्पनीका १ लाख ८ हजार ८६९ पटकको कारोबारमा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन आठ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सकारात्मक सर्किटमा कारोबार हुने कम्पनीहरूमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक रहेका छन्।
त्यस्तै हिम स्टार ऊर्जा कम्पनी को शेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ भने हिमालयन रि इन्स्योरेन्स को शेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कारोबारमा आएको एनआईसी एशिया ब्यालेन्स्ड फण्ड को इकाइ मूल्य भने यस दिन सर्वाधिक ६.७४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी रिडी पावर कम्पनी को ४१ करोड रुपैयाँभन्दा बढी र हिमालयन रि इन्स्योरेन्स को करिब ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
बिहीबार सबै १३ वटै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये ‘अन्य’ उपसमूह सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन, जलविद्युत तथा उत्पादन तथा प्रशोधन उपसमूह २ प्रतिशतभन्दा बढीले उकालो लागेका छन् भने बैंकिङ, वित्त, लगानी, लघुवित्त र निर्जीवन बीमा उपसमूह १ प्रतिशतभन्दा बढीले बढेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य