नेप्से परिसूचक ३८ अङ्कले बढ्यो, कारोबार रकम चार अर्ब ६१ करोड नाघ्यो
जलसरोकार
काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३८ दशमलव १९ अङ्कले बढेर दुई हजार ७८३ दशमलव ८५ बिन्दुमा पुगेको छ। यो एक दशमलव ३९ प्रतिशतको वृद्धि हो।
ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि छ दशमलव शून्य आठ अङ्कले बढेर ४७३ दशमलव ४१ मा पुगेको छ।
आज कारोबार भएका कम्पनीमध्ये २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको मूल्य घटेको छ। चार कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।
आज कुल एक करोड चार लाख ३९ हजार ४३२ कित्ता शेयर चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँमा खरिदबिक्री भएको छ।
उच्च कारोबार हुने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर कम्पनी, एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी र साहस ऊर्जा लिमिटेड रहेका छन्।
यस्तै, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, डोल्टी पावर कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मेन्छियाम हाइड्रोपावर का लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
त्यसैगरी त्रिशूली जलविद्युत् कम्पनी, एनएमबी–५०, लक्ष्मी बैंक ऋणपत्र, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ र प्राइम बैंक ऋणपत्र का लगानीकर्ताले भने घाटा व्यहोरेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य